युवा उद्यमशीलता हाम्रो प्रमुख प्राथमिकता !!
उद्धमशील युवा मञ्च दक्षिण कोरियाको आधिकारिक वेबसाइटमा यहाँलाई हार्दिक स्वागत गर्दछौँ। टिकटको लागि तोकिएको पैसा पठाइ सकेपछि मात्र टिकट उपलब्ध गराइनेछ। धन्यवाद

उद्यमशिल होम्स एण्ड रियलस्टेट प्राइभेट लिमिटेड

उद्यमशिल होम्स एण्ड रियलस्टेट प्राइभेट लिमिटेड

व्यवसायिक विवरण (Business Details)

कम्पनी ऐन, २०६३ अन्तर्गत संस्थापित

“उद्यमशिल होम्स एण्ड रियलस्टेट प्राइभेट लिमिटेड” कम्पनीको

संक्षिप्त जानकारी
 

.            कम्पनीको नामः यस कम्पनीको नाम “उद्यमशिल होम्स एण्ड रियलस्टेट प्राइभेट लिमिटेड” हुनेछ । जसलाई अंग्रजीमा Udhamshil Homes And Realstate Private Limited भनिनेछ ।

.            कम्पनीको रजिष्टर्ड कार्यालय रहने ठेगानाः यस कम्पनीको रजिष्टर्ड कार्यालय सुनसरी जिल्ला, गढी गाउँपालिका वडा नं मा रहनेछ ।

.            कम्पनीले गर्ने व्यवसाय वा कारोवारको प्रकृति: कम्पनीले गर्ने कारोबार व्यापारमुलक र सेवामुलक हुनेछ ।

.            कम्पनीको उद्देश्यः (१) यस कम्पनीको उद्देश्य देहाय बमोजिम हुनेछ :

कम्पनीको उद्देश्यः–  यस कम्पनीको उद्देश्य देहाय बमोजिम हुनेछः–

  • कम्पनीले आफ्नै वा लिजमा लिएको जग्गामा आधुनिक सुविधा सम्पन्न आवास, भवन, फ्ल्याट तथा व्यवसायिक संरचनाहरू निर्माण गरी, वा अन्यसँग लिजमा लिइएका भवन, कोठा तथा कवलहरू उचित शुल्कमा व्यक्तिगत, व्यावसायिक, संस्थागत तथा अन्य फर्म/कम्पनीहरूलाई भाडा तथा लिजमा उपलब्ध गराउने।
  • रियल इस्टेट तथा हाउजिङ्ग व्यवसायसँग सम्बन्धित परियोजनाहरूमा देशभित्रका वा विदेशी कम्पनी, संस्था वा व्यक्तिसँग सहकार्य वा एकल रूपमा सहभागी भई जग्गा विकास, भवन निर्माण, बिक्री, हाउजिङ्ग योजना विकास सञ्चालन गर्ने ।
  • अन्य कम्पनी, फर्म वा व्यक्तिले निर्माण गरी बिक्री गर्न चाहेका घर, भवन, फ्ल्याट, जग्गा, घडेरी तथा सम्पत्तिहरू कम्पनीले प्रत्यक्ष रूपमा वा मध्यस्थ/एजेन्टको रूपमा खरिद–बिक्री तथा सम्झौता प्रक्रिया सम्पन्न गरिदिने।
  • घर, भवन, जग्गा, घडेरी तथा सम्पत्तिहरूको खरिद–बिक्री, स्वामित्व हस्तान्तरण, रियल इस्टेट परामर्श, मूल्यांकन तथा सम्बन्धित सम्पूर्ण कार्य सञ्चालन गर्ने।
  • नयाँ भवन वा आवश्यक संरचना निर्माण गर्न वा सञ्चालन गर्नुपर्ने अवस्थामा जग्गा वा भवन धितो राखी आवश्यक कर्जा व्यवस्थापन गर्ने वा गरिदिने, साथै सम्पत्तिहरूको भाडा तथा लिज व्यवस्थापन सेवा प्रदान गर्ने।
  • घर, भवन, अपार्टमेन्ट, व्यावसायिक कक्ष तथा अन्य सम्पत्तिहरूको सम्पूर्ण व्यवस्थापन, भाडा संकलन, रेखदेख, मर्मतसंभार, सुरक्षा, सफाइ, प्रशासनिक कार्य तथा सेवा शुल्क व्यवस्थापन गर्ने।
  • सडक, ड्रेनेज, विद्युत्, खानेपानी, पार्किङ, सामुदायिक पूर्वाधार, प्लटिङ्ग तथा टाउन प्लानिङ्ग जस्ता पूर्वाधार योजना तयार पार्ने र कार्यान्वयन गर्ने।
  • स्वदेश वा विदेशमा बसोबास गर्ने व्यक्तिहरू, परिवार तथा संस्थाहरूका घर, जग्गा तथा सम्पत्तिहरूको रेखदेख, भाडा व्यवस्थापन, कर तथा बिल भुक्तान लगायत सम्पूर्ण व्यवस्थापन सेवा प्रदान गर्ने।
  • गेस्टहाउस, होमस्टे, लज तथा छोटो/दीर्घकालीन आवास सेवाहरू सञ्चालन गर्ने वा गराउने।
  • जग्गा, भवन, फ्ल्याट, व्यावसायिक कक्ष, उद्योग तथा अन्य अचल सम्पत्तिहरूको बजार मूल्यांकन, नाप–नक्शा, सर्वेक्षण तथा रिपोर्ट तयार गर्ने।
  • आवासीय तथा व्यावसायिक भवनहरूको निर्माण, इंटेरियर–एक्स्टेरियर डिजाइन, रिनोभेसन तथा मर्मतसंभार सेवा सञ्चालन गर्ने।
  • भाडामा दिने/लिने प्रक्रिया व्यवस्थापन, भाडा सम्झौता, अग्रिम/जमानत, भाडा संकलन तथा नियमित निरीक्षण सेवा प्रदान गर्ने।
  • रियल इस्टेट लिस्टिङ्ग, विज्ञापन, डिजिटल मार्केटिङ, अनलाइन बुकिङ्ग, भर्चुअल टुर तथा सम्पत्ति प्रचार–प्रसार प्लेटफर्म सञ्चालन गर्ने।
  • जग्गा विकास, प्लटिङ्ग, रोड नेटवर्क विकास, आवश्यक सुविधासहित साना–ठूला आवासीय/व्यावसायिक टाउनसिप योजना सञ्चालन गर्ने।
  • रियल इस्टेटमा लगानी, डेभलपर पार्टनरसीप, जोइन्ट भेन्चर परियोजना, विदेशी लगानी सहकार्य तथा पूँजी व्यवस्थापन सेवा प्रदान गर्ने।
  • अपार्टमेन्ट, अफिस कम्प्लेक्स, मल, टावर तथा अन्य संरचनाहरूको सुरक्षा, मर्मत, हाउसकिपिङ्ग, पार्किङ, ऊर्जा व्यवस्थापन तथा प्राविधिक सेवा प्रदान गर्ने।
  • कन्स्ट्रक्सन उपकरण, सामग्री तथा मेशिनरीहरू भाडामा उपलब्ध गराउने।
  • (२) कम्पनीले उपदफा (१) बमोजिमको उद्देश्य कार्यान्वयन गर्न प्रचलित कानून बमोजिम सम्बन्धित निकायबाट अनुमति वा इजाजत प्राप्त गर्नु पर्ने भएमा सो प्राप्त भएपछि मात्र कार्यान्वयन गरिनेछ ।

    (३) उपदफा (१) मा उल्लेखित उद्देश्यका सम्बन्धमा अनुमति वा इजाजत प्राप्त गरेको पन्ध्र दिनभित्र त्यस्तो अनुमति वा  इजाजतपत्रको प्रतिलिपि  कार्यालयमा पेश गरिनेछ ।

    .            कम्पनीको उद्देश्य प्राप्त गर्न गरिने कामहरु: यस कम्पनीले दफा ४ बमोजिमका उद्देश्य प्राप्त गर्न देहायका कामहरु गर्नेछ :

    (क) कम्पनीलाई आवश्यक पर्ने जग्गा, भवन, सवारी साधन र आवश्यक उपकरण खरिद गर्ने वा भाडामा लिई प्रयोग गर्ने,

    (ख) कम्पनीलाई आवश्यक पर्ने कर्मचारी नियुक्त गर्ने तथा तिनको सेवाका शर्तहरु निर्धारण गर्ने,

    (ग) कम्पनीको नाममा बैंक तथा वित्तीय संस्थामा खाता खोल्ने र सञ्चालन गर्ने,

    (घ) कम्पनीलाई आवश्यक पर्ने रकम बैंक वा कुनै वित्तीय संस्थाबाट कम्पनीले धितो राखी वा नराखी कर्जा लिने,

    (ङ) कम्पनीको नामबाट शेयर तथा डिबेन्चर खरिद गर्ने तथा त्यसलाई बिक्री गर्ने ।

    (च) अन्य आवश्यक कुराहरु

    (१) कम्पनीले आवश्यक घर, गोदाम तथा अन्य चल अचल सम्पत्ति आदि पट्टा वा भोग बन्धकीमा लिने, निर्माण गर्ने, मर्मत संभार गर्न सक्नेछ ।

    (२) कम्पनीलाई आकश्मिक क्षतिबाट बचाउन कम्पनीको उपकरण, भवन लगायत सबै प्रकारका सम्पत्तिहरुको आवश्यकतानुसार विमा गराउने ।

  • कम्पनीको नाममा नेपाल राज्यको कुनै पनि वित्तीय संस्था तथा बैङ्कहरुमा कम्पनीको नाममा खाता खोली रकम जम्मा गर्ने, झिक्ने, विल अफ एक्सचेन्ज, एल.सि.खोल्ने, मन्जुर गर्ने यस्तै प्रकारका अन्य आवश्यक कामहरु गर्ने ।

    (४) कम्पनीको लागि प्रप्त हुन सक्ने सबै प्रकारका सुविधा, सहुलियत प्राप्त गर्न नेपाल सरकारको कार्यलयहरु सँग अनुरोध गर्ने, कम्पनीको व्यापारिक हित संरक्षणको लागि डिजाइन र ट्रेडमार्क दर्ता गराउने, यसको हक र सुविधालाई सुरक्षित राख्ने ।

    (५) कम्पनीको तर्फबाट वा कम्पनी विरुद्ध परेका मुद्धा मामिलाहरुको पुर्पक्ष गर्ने, प्रतिरक्षा गर्ने, लिखित जवाफ पेश गर्ने, यस सम्बन्धमा आवश्यक कानुनी सेवा प्राप्त गरि आफ्नो हक अधिकारको संरक्षण गर्ने, सहुलियतको सुविधालाई सुरक्षित राख्ने ।

    (६) कम्पनीलाई आवश्यक पर्ने प्राविधिक, आर्थिक, कानुनी लगायतका सल्लाहकार नियुक्ति गर्ने र उनीहरुको सेवाको शर्तहरु निर्धारण गर्ने ।

    (७) कम्पनीको आफ्नो लक्ष्य र उद्देश्य प्राप्त गर्न विभिन्न संचारका माध्यमहरुबाट विज्ञापन सूचना आदि प्रचार प्रसार गर्ने, गराउने ।

    (८)  कम्पनीले आवश्यकता अनुसार चल अचल सम्पत्ती खरिद गर्ने एंव धितो बन्धक राख्ने ।

    (९) प्रचलित कानुनको अधिनमा रही स्वीकृत लिनुपर्ने विषयमा स्वीकृत लिई कम्पनीको उद्देश्य पूर्तिको लागि आवश्यक सम्झौताहरु गर्ने ।

    (१०) अन्य आवश्यक कुराहरु सञ्चालक समिति र साधरण सभाले कम्पनी ऐन एंव प्रचलित कानुनको अधिनमा रही समय समयमा निर्णय गरे बमोजिम हुनेछ ।