स्मार्ट उद्यमशिल इन्भेष्टमेण्ट कम्पनी प्रा . लि
व्यवसायिक विवरण (Business Details)
स्मार्ट उद्यमशिल इन्भेष्टमेण्ट कम्पनी प्रा . लि
INVESTMENT COMPANY OBJECTIVES
- प्रचलित कानून बमोजिम स्वीकृति लिनु पर्नेमा स्वीकृति लिई स्वेदेशी वा विदेशी संघ संस्था तथा व्यक्ति विशेषसंग मिलि, यस कम्पनी संस्थापक भई एकल वा संयुक्त रूपमा अन्य विभिन्न उद्देश्यका उत्पादनमुलक, सेवामूलक उद्योग व्यवसाय, बैंकिङ तथा वित्तीय व्यवसायसंग सम्वन्धित प्राइभेट लिमिटेड, लिमिटेड कम्पनीहरूको स्थापना गरी संचालन गर्ने, स्थापना भई सकेका विभिन्न प्राइभेट लिमिटेड कम्पनीहरु, बैंक तथा वित्तीय कम्पनीहरुको साथै अन्य लिमिटेड कम्पनीहरूको शेयर खरीद गरी शेयरमा लगानी गर्ने, यस कम्पनीको शेयर लगानी भएका कम्पनीहरूको व्यवस्थापन हेर्ने, स्थापना भई सकेको तर कच्चा पदार्थको अभाव उत्पादीत वस्तुहरूको बजार व्यवस्थाको अभाव, प्राविधिज्ञहरूको अभावको कारण सक्षम रूपमा संचालन हुन नसकेका कम्पनीहरू संग सम्झौता गरी तिनिहरूको व्यवस्थापन हेर्ने, उत्पादीत सामानहरू विक्रिको लागि स्वदेश तथा विदेशमा बजार खोजि गरी बजारको व्यवस्था मिलाई दिने, कच्चा पदार्थको व्यवस्था मिलाई दिने, कम्पनी संचालन सम्बन्धि परामर्श सेवा प्रदान गर्ने समेतको लगानी कर्ता (Investment Company) तथा मुख्य कम्पनीको रूपमा कार्य गर्ने ।
- नेपाल सरकारबाट स्वीकृती लिई धितोपत्र ऐन तथा नियमावली र प्रचलित अन्य कानूनको अधिनमा रही धितोपत्र व्यवसाय गर्ने ।
- धितोपत्र बजारमा सुचिकृत संगठित संस्थाको शेयर, बण्ड, डिबेन्चर, डेरिभेटिभस् उपकरणहरु, सामुहिक लगानी कोष इकाई वा अन्य धितोपत्र खरिद विक्रिको कार्य गर्ने ।
- नेपाल सरकारबाट स्वीकृती लिई धितोपत्र ऐन तथा नियमावली र प्रचलित अन्य कानूनको अधिनमा रही धितोपत्रको निष्काशन तथा बिक्री प्रवन्ध सम्बन्धि कार्य गर्ने ।
- धितोपत्रको प्रारम्भिक तथा थप सार्वजनिक निष्काशनमा योग्य संस्थागत खरिदकर्ता वा लगानीकर्ता भई कार्य गर्ने तथा धितोपत्र प्रत्याभूतिकर्ताको रुपमा कार्य गर्ने ।
- प्रचलित लगानीकर्ताहरुलाई पूजीबजार, लगानी विविधिकरण, लगानी पोर्टफोलियो व्यवस्थापन, लगानीमा हुन सक्ने जोखिमलाई न्यूनीकरण गर्न, धितोपत्र सम्बन्धि ऐन नियम, कम्पनी ऐन तथा अन्य सम्बन्धित ऐन नियमहरुको सम्बन्धमा संस्था परामर्श सेवा उपलब्ध गर्ने ।
- साना लगानीकर्ताहरुलाई अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन लगानीका अवसरहरु सिर्जना गर्ने र सो को लागि उपयुक्त वित्तिय औजारहरुको विकास र व्यवस्थापन गर्ने ।
- विभिन्न वस्तु तथा सेवाहरुको उत्पादन, विक्रि वितरण गर्ने अन्य कम्पनीहरु स्थापन गर्ने वा स्थापना भई सकेका कम्पनीहरु संचालन गर्नको लागि शेयर वा कर्जा लगानी गर्ने ।
- कमोडिटी तथा फ्युचर मार्केटमा लगानी गर्ने वा सोको ब्रोकर वा एजेन्ट, सब एजेन्ट भई कार्य गर्ने वा सो सम्बन्धमा विभिन्न व्यक्ति, कम्पनी वा फर्महरुलाई परामर्श प्रदान गर्ने ।
- विभिन्न किसिमका चल, अचल सम्पत्ति, घरजग्गाहरु खरिद बिक्रि गर्ने, जग्गा खरीद गरी उचित प्लटिङ्ग, सुधार वा व्यवस्थापन गर्ने वा आवास गृह, इत्यादिहरु निर्माण गर्ने वा गराउने र यस्ता कुराहरु बहाल वा लिजमा लिने दिने कम्पनीहरुको शेयरमा लगानी गर्ने ।
- विभिन्न किसीमका क्षेत्रहरु जस्तै यातायातका साधनहरु, मेशीन उपकरण, कार्यालयका उपकरणहरु, घरायसी उपकरणहरु इत्यादीको खरीद बिक्रि वा व्यवस्थापन कार्य गर्ने वा यस्ता कार्यमा अन्य व्यक्ति, कम्पनी वा फर्महरुसँग संयुक्त लगानी गर्ने ।
- विभिन्न किसीमका चल-अचल सम्पत्ति, यातायातका साधन, घर-घडेरी खरीद गर्न हायर-प्रर्वेच सेवा दिने ।
- आफ्नो वा अन्य व्यक्ति वा कम्पनी वा फर्महरुका विभिन्न किसीमका लगानीहरु, विभिन्न आयोजनाहरु, निर्माणकार्यहरु, उत्पादन कार्यहरु इत्यादी कुराका सम्बन्धमा तिनका आर्थिक पक्षहरुको अध्ययन अनुसन्धान गरी यस्ता कुराहरुको सही उपयोग, व्यवस्थापन, खरीद, बिक्रि आदि कुराहरुका सम्बन्धमा विशेषज्ञ सेवा प्रदान गर्ने ।
- अन्य व्यक्ति, कम्पनी वा फर्महरुलाई कुनै बैंक वा वित्तिय संस्था इत्यादीबाट ऋण कर्जा लिनको लागि धन जमानी वा जमानत प्रदान गर्ने ।
- समान उद्धेश्य भएका कम्पनीहरुको व्यवस्थापन तथा संचालनको जिम्मा लिई व्यवस्थापन तथा संचालन गर्ने ।
- बिभिन्न कम्पनीका बिभिन्न प्रकारका धितोपत्रहरु (शेयर, डिवेन्चर, ऋणपत्र, बचतपत्र) वा यस्तै अन्य वित्तिय सम्पत्तिहरु आफ्नो नामबाट खरीद वा बिक्री गर्ने वा सोमा लगानी गर्ने ।
- शेयरधनी वा अन्य लगानीकर्ताहरुका लागि धितोपत्र वा अन्य वित्तिय औजारमा लगानी सम्बन्धी परामर्श र सेवाहरु दिने ।
- साना लगानीकर्ताहरुलाई अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन लगानीका अवसरहरु सिर्जना गर्ने र सो को लागि उपयुक्त वित्तिय औजारहरुको विकास र व्यवस्थापन गर्ने ।
- विभिन्न वस्तु तथा सेवाहरुको उत्पादन, विक्रि वितरण गर्ने अन्य कम्पनीहरु संस्थापन गर्ने वा संस्थापना भई सकेका कम्पनीहरु संचालन गर्नको लागि शेयर वा कर्जा लगानी गर्ने ।
- आफ्नो वा अन्य व्यक्ति वा कम्पनी वा फर्महरुका विभिन्न किसीमका लगानीहरु, विभिन्न आयोजनाहरु, निर्माणकार्यहरु, उत्पादन कार्यहरु इत्यादी कुराका सम्बन्धमा तिनका आर्थिक पक्षहरुको अध्ययन अनुसन्धान गरी यस्ता कुराहरुको सही उपयोग, व्यवस्थापन, खरीद, बिक्रि आदि कुराहरुका सम्बन्धमा विशेषज्ञ सेवा प्रदान गर्ने ।
- विभिन्न किसीमका बैकल्पिक उर्जाहरु, जल विद्युत, शिक्षा, स्वास्थ्य इत्यादी विभिन्न क्षेत्रहरुका विकास, विस्तार र अनुसन्धानमा आफै वा अन्य संघसंस्थाहरुसँग मिलेर संयुक्त लगानी गर्ने र सो सम्बन्धी विभिन्न कार्यहरु गर्ने ।
- डआर्थिक व्यापार, ट्रेडिङ्ग व्यवसायमा लगानी गर्ने, संचालन गर्ने र लगानी सम्बन्धी तालिमहरु संचालन गर्ने ।
- यस कम्पनीको उद्देश्य मिल्ने अन्य कम्पनी वा एजेन्सीको संयुक्त वा सब एजेन्ट भै काम गर्ने ।
- कम्पनीका उद्देश्यहरु प्राप्त गर्न नेपाल सरकारको नियमानुसार अन्य आर्थिक कारोबारहरु गर्ने ।
- उत्पदीत सामानहरुको बिक्रिको लागि स्वदेश तथा विदेशमा बजार खोजी गरी बजारको ब्यवस्था मिलाईदिने र सो समेतको लगानीकर्ता तथा मुख्य कम्पनीको रुपमा कार्य गर्ने ।
- बिभिन्न सहकारी संस्थाहरुलाई ऋण दिने, ब्यक्ति तथा संस्थाहरुलाई धितो लिई वा नलिई ऋण प्रवाह गर्ने, विदेश जानको लागि इच्छुक व्यक्तिहरुको स्टेटमेन्टको लागि निश्चित समयको लागि पैसा लगानी गरिदिने आदी इत्यादी कार्यहरु गर्ने ।
- बैंक तथा वित्तिय संस्थाहरुको धितो फुकुवा गर्ने कार्य गर्ने ।