उद्यमसिल कृषियान्त्रिकरण सहकारी संस्था लि.
व्यवसायिक विवरण (Business Details)
उद्यमसिल कृषियान्त्रिकरण सहकारी संस्था लि.को
विनियम, २०७९
उद्यमसिल कृषि यान्त्रिकरण सहकारी संस्था लि.संचालन गर्न वनेको विनियम
प्रस्तावना
अन्तर्राष्ट्रिय सहकारीका मूल्य, मान्यता र सिद्धान्तहरुका आधारमा सदस्यहरुमा छरिएर रहेकोे श्रोत र साधनलाई एकीकृत गरी सदस्यहरुका निर्वाचित प्रतिनिधिद्वारा संचालित एवं प्रजातान्त्रिक पद्धतिबाट नियन्त्रित सहकारी संस्थाको माध्यमद्वारा हामी प्रत्येक सदस्यहरुको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासको लागि एक सहकारी संस्थाको गठन गरी संचालन गर्न आवश्यक भएकोले, प्रदेश सहकारी ऐन, २०७६ को दफा २४ को उपदफा (१), ले दिएको अधिकार प्रयोग गर्दै नियमावलीको नियम १० को उपनियम (१) अनुसूची १३ को अधिनमा रही महर्षि उद्यमसिल कृषियान्त्रिकरण सहकारी संस्था लि. को विनियमलाई पुनर्लेखन गरी संस्था संचालनलाई व्यवस्थित गर्न वाञ्छनीय भएकाले यो विनियम तयार पारिएको हो ।
प्रारम्भिक
१. संक्षिप्त नाम र प्रारम्भ ः
(क) यस विनियमको नाम उद्यमसिल कृषियान्त्रिकरण सहकारी संस्था लि. को विनियम, २०७९ रहेकोछ
(ख) यो विनियम प्रदेश नं.१ को सहकारी रजिष्ट्रारबाट स्वीकृत भएपछि तुरुन्त प्रारम्भ हुनेछ ।
२. संस्थाको नाम र ठेगाना ः
(क) संस्थाको नामः उद्यमसिल कृषियान्त्रिकरण सहकारी संस्था लिमिटेड रहनेछ । अंग्रेजीमा ग्ममथबmकजष् िप्चष्कजष् थ्बलतचष्पबचबल ऋय(यउभचबतष्खभ ीतम। रहनेछ ।
(ख) संस्थाको ठेगानाः– संस्थाको कार्यालय सुनसरी जिल्ला गढि ४ मा रहनेछ ।
(ग) प्रदेश सहकारी रजिष्टारको पूर्व स्वीकृति लिई ठेगाना परिवर्तन गरिनेछ । संस्थाका बढी सदस्यहरुलाई पायक पर्ने ठाँउमा कार्यालय राखिनेछ ।
(घ) कार्यालय राख्दा समान प्रकृतिको अर्को सहकारी संस्था रहेको भवन प्रयोग गरिनेछैन ।
(ड.) ठेगाना परिवर्तनको सूचना अनिवार्य रुपमा आफ्ना सदस्यहरु एवं प्रदेश सहकारी रजिष्ट्रारको कार्यालय मोरङ र सम्बन्धित सरकारी कार्यालय तथा सहकारीका संघहरुमा दिइनेछ ।
(च) सहकारी संस्थाको कार्यालय सबै सदस्यहरुको सहज पहूँच हुने र देखिने स्थानमा राखिने छ ।
(छ) संस्थाको साइनबोर्डमा स्पष्ट बुझिने गरी संस्थाको नाम, ठेगाना, स्वीकृत लोगो, कार्यक्षेत्र र सम्पर्कका लागि फोन, इमेल, फ्याक्स, पोष्ट बक्स आदि उल्लेख गरिनेछ । सहकारीको साइनबोर्डमा एकरुपता ल्याउनका लागि राष्ट्रिय सहकारी संघले निर्णय गरेअनुरुप साइनबोर्डको रंग हल्का हरियोमा सेतो अक्षरले लेखिनेछ ।
(ज) सम्पर्क वा पत्राचारको माध्यममा गरिने परिवर्तनको सूचना सबै सदस्य र सम्बद्ध सबै सरकारी निकाय तथा सहकारीका संघहरुमा गराइनेछ ।
(झ) समितिले संस्थाको कार्यालयमा सबैले देख्ने ठाँउमा निम्न कुराहरु खुलेको सूचना राखी सम्बन्धित सबैलाई सूसुचित गर्नेछ ः–
(१) संस्थाको प्रमुख कारोवार ।
(२) कुल सदस्य संख्याः ।
(३) कारोवारको विवरणः – यस अन्तर्गत कुल संकलित शेयर पूँजी, कूल निक्षेप संकलन,
कूल लगानी, र कारोवारबाट भएको लाभांश उल्लेख गरिनेछ । यस्तो विवरण लेखा
परीक्षण गरेको गत आर्थिक बर्षको श्रेस्ताको आधारमा राखिनेछ ।
(४) लिने दिने ब्याज दर ।
(५) संचालक तथा लेखा समितिका पदाधिकारीको नाम, ठेगाना र सम्पर्क फोन ।
संस्थाको उद्देश्य, कार्य र क्षेत्र
४. उद्देश्य ः
प्रदेश सहकारी ऐनको दफा २२ बमोजिम सदस्यहरुको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासका लागि संस्थाको देहायमा उल्लेख भएबमोजिमको उद्देश्यहरु हुनेछन् ः
(१) कृषि व्यवसायमा संलग्न शेयर सदस्य तथा गैह्र सदस्यहरुको श्रमिकको खाँचो पूर्ति गर्न कठिनाइ हुंदै गएको सन्दर्भमा कृषि व्यवसायलाई पूर्णरुपमा यान्त्रिकरण गर्ने गराउने ।
(२) सदस्यहरुको व्यक्तिगत एवं सामूिहक क्षमता अभिबृद्धि गरी स्वावलम्वी एवं आत्मनिर्भर समाजको निर्माणका लागि सहायक कारोवारका रुपमा अनिवार्य बचत संकलन गरी सो पूँजीलाई किस्तावन्दी लगानी एवम गर्ने र कृषि तथा पशुजन्य कारोवार संचालन, संकलन, बजारीकरण तथा प्रशोधन सम्वन्धी कार्य गर्ने ।
(३) सदस्यहरुको प्राथमिक आवश्यकता र आयआर्जन क्षमताको पहिचान गरी उत्पादनसिल क्षेत्र र कृषि व्यवसायको प्रवध्र्दन, उद्योगको स्थापना र आयमूलक क्षेत्रमा सदस्यहरु मार्फत लगानी प्रवद्र्धन गरी छरिएर रहेको राष्ट्रिय पूँजीको उपयोग बढाउने ।
(४) नेपाल सरकार, प्रदेश तथा स्थानीय सरकार र अन्य दातृसंस्थाहरुबाट कुनै शर्त नराखी प्राप्त हुने अनुदान स्वीकार गर्ने ।
(५) आफ्नो उद्देश्य पुरा गर्नका लागि समान उद्देश्य भएका स्थानीय, क्षेत्रीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय संगठनहरुसंग समन्वयात्मक भावना राख्ने ।
(६) सदस्यहरुको समूह विकासका अधिकतम हितलाई ध्यानमा राखी सहकारी ऐन, नियमहरु र यस विनियममा व्यवस्था भए बमोजिम दैनिक कार्यसंचालनका लागि चल अचल सम्पत्ति आर्जन गर्ने, क्रय विक्रय गर्ने, विनिमय गर्ने, हस्तान्तरण गर्ने, धरौटी राख्ने, बन्धक राख्ने,
(७) सदस्यहरुको कृषि व्यवसाय संचालन क्षमता विकास तालीमका लागि विभिन्न सीप विकास तथा उद्यमसिलता र समय सापेक्षा विभिन्न प्रकार तालीमहरु संचालन गर्ने ।
(८) समाजका कमजोर वर्ग र निम्न आय भएका व्यक्ति वा समूहको आर्थिक सामाजिक उत्थानमा सहयोग पुर्याउने ।
(९) प्रचलित कानून बमोजिम संस्थाले उपभोग गर्न पाउने छुट तथा सहुलियत सुविधाहरुको उपभोग गर्ने ।
(१०) सदस्यहरुको मागका आधारमा उपभोग्य सामग्रीको कारोवार, घाँसखेती विस्तार कृषि उपज तथा औजारको कारोवार, पशुस्वास्थ्य बीमा तथा संस्थागत एजेन्सी मार्फत लघुबीमा कार्यक्रम संचालन गर्ने ।
(११) संस्थाले चाक्लावन्दी खेती प्रवध्र्दन र विकास, डेरी व्यवसाय, माछापालन तथा ह्याचरी, कृषि पर्यटन, भूमि बैक तथा फ्लोरिकल्चर, जडिबुटी खेती, कृषि वन, नर्सरी, साइलेस उत्पादन गरी बजारीकरण, व्यवसायिक घांसखेती विस्तार गरी साइलेस उत्पादन र बजारीकरण, जैविकमल उत्पादन र बजारीकरण, जैविक ग्यांस उत्पादन र बजारीकरण, वातावरण संरक्षण सम्वन्धी कार्यहरु संचालन गर्ने ।
(१२) व्यवसायिक मासु उत्पादनका लागि उन्नत जातका पशु विस्तार, नस्ल सुधार, गरी मासुमा मुल्य श्रृंखलाका लागि मासु प्रशोधन तथा बजारीकरण गर्ने ।
(१३) स्थानीयनस्लका गाई, भैसी, बाख्रा, लगायतका पशुहरुका नस्लसुधारको अनुसन्धान, घांसबाली, अन्नबाली, कृषिवन, डेरी व्यवसाय, सुगन्धित तेलबाली, फ्लोरिकल्चरको अनुसन्धान कार्य संचालन गर्ने ।
(१४) सदस्य तथा गैह्र सदस्यहरुलाई कृषि व्यवसायको व्यवसायिक योजना निर्माण सहजिकरण तथा कृषि परामर्श सेवा प्रवाह गर्ने ।
५. कार्यहरु ः प्रदेश सहकारी ऐन २०७६ को दफा २३ बमोजिम संस्थाका कार्यहरु देहाय बमोजिम हुनेछ ः
(१) संस्थाको स्वीकृत रणनीतिक योजना अनुरुपका व्यवसायिक कृषि, कृषिमा यान्त्रिकरण र यान्त्रिकरणका माध्यमबाट उत्पादन लागत घटाउने कार्य संचालन, श्रोत व्यवस्थापन गर्ने
(२) सदस्यहरुलाई स्वीकृत कार्यविधिअनुसार यन्त्रउपकरण खरीद विक्री, यन्त्र उपकरण खरीद
विक्री गर्न किस्तावन्दीमा लगानी गर्ने ।
(३) प्रदेश सहकारी ऐन २०७६ बमोजिम संस्थाको शेयर विक्री गर्ने र सदस्यहरुबाट स्वीकृत कार्यविधि अनुसार अनिवार्य बचतमात्र संकलन गर्ने ।
(४) सहकारी ऐन, नियमावली र विनियमको अधिनमा रही अन्य संघ—संस्थाबाट ऋण लिने ।
(५) सहकारीता वारे सदस्यहरुको चेतना जगाउने क्रियाकलाप संचालन गर्ने ।
(६) सदस्यहरुलाई सीपमूलक तालिमको अवसर प्रदान गरी व्यावसायिक सीप अभिवृद्धि गर्ने
(७) शिक्षा, स्वास्थ्य, आवास, यातायात, उद्योग, ब्यापार लगायतका विभिन्न क्षेत्रमा कार्यक्रम तय गरी तत्सम्बन्धी काममा सदस्यहरुलाई व्यक्तिगत वा सामुहिक रुपमा ऋण प्रवाह गर्ने ।
(८) सदस्यहरुलाई सूचना प्रवाह गरी व्यावसायिक ज्ञान र अवसरमा पहुँच बढाउने काम गर्ने
(९) आफ्ना सदस्यहरुलाई सानातिना जोखिमबाट बचाउ गर्न सदस्यहरुको सामूहिक सहयोग
उपलब्ध गराउने संस्थागत प्रबन्ध गर्ने ।
(१०) कारोवारको लाभांशबाट केही अंश छुट्याई सदस्यहरु एवं तिनका परिवारका सदस्यहलाई रचनात्मक कार्यमा उत्प्रेरित गर्ने कार्यक्रमहरु संचालन गर्ने ।
(११) सदस्यको स्वास्थ्यस्तर उकास्न उपचार केन्द्र र एम्वुलेन्स सेवा, अन्य उपकरणको मर्मत वर्कसप, प्रत्येक सदस्यको बीमा गराउन एजेन्सी मार्फत बीमाको प्रोत्साहित गराउने ।
(१२) उत्पादित बस्तुको बजारीरणका लागि विभिन्न संघ संस्था तथा व्यक्तिहरुसंग आवश्यक समन्वय गरिनेछ ।
(१३) वायोग्यांस उत्पादन तथा बजारीकरण,माछापालन, कृषिवन, नर्सरी व्यवसाय, जडिबुटी उत्पादन तथा प्रशोधन, सुगन्धित तेल, साइलेस उत्पादन तथा बजारीकरण, कृषि पर्यटन, कृषि यान्त्रिकीकरण, घांसखेती विस्तार गरी साइलेसको उत्पादन तथा बजारीकरण गरिनेछ ।
(१४) उन्नत जातका पशुपालनका लागि नश्ल सुधारमा काम गर्ने सरकारी तथा गैह्रसरकारी निकायसंगको सहकार्यका लागि उपयुक्त वातावरण तयार गरिनेछ ।
(१५) विनियममा व्यवस्था भएका विविध कोषहरुको प्रभावकारी ढंगले उपयोग गर्ने गराउने ।
माथि उल्लेखित कार्य गर्न प्रचलित कानून बमोजिम अन्य कुनै निकायबाट स्वीकृति
लिनुपर्ने वा सम्झौता गर्नुपर्ने भएमा सो गरी प्रदेश सहकारी रजिष्ट्रार कार्यालयलाई
जानकारी गराएपछि मात्र कार्य संचालन गरिनेछ ।
६. कार्यक्षेत्रः
यस संस्थाको कार्यक्षेत्र सुनसरी जिल्ला भर मात्र सीमित रहनेछ ।